• शुक्रबार, भाद्र २६ २०८३

मनकामना केबलकार साउन २३ गतेबाट बन्द हुने


बुधबार, साउन १८ २०७९
695
Shares

गाेरखा । मनकामना केबलकार सेवा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द हुने भएको छ । 

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको मनकामना केबलकारले जनाएको छ । स्तरोन्नतिका लागि ५–६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । 

केबलकार मर्मतका लागि विदेशबाट प्राविधिकहरू आउने भएकाले मर्मत नसकिँदासम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो।

प्रालिका अनुसार मर्मतको काम सकिन एक महिनाभन्दा बढी समय लाग्नेछ। प्रालिले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार