• शनिबार, साउन ९ २०८३

भीरकोट नगरपालिकालाई मुस्लिम समुदायले गरे नगद ६० हजार सहयोग


बिहिबार, चैत्र २७ २०७६
1.4K
Shares

स्याङ्जाका मुस्लिम समुदायले भीरकोट नगरपालिकालाई आर्थिक सहयोग गरेका छन् ।

स्याङ्जा करुङ बयरघारीका मुस्लिम समुदायले लकडाउनबाट विपन्न तथा मजदुर नागरिकको जनजिवन प्रभावित बनेको भन्दै नगरपालिकामार्फत उनिहरुलाई सहयोग गरेको हो ।

करुङ बयरघारी मुस्लिम युवा क्लब र करुङ बयरघारी मुस्लिम समाजले भीरकोट नगरपालीकालाई बुधबार ६० हजार रकम हस्तान्तरण गरेका छन् ।

युवा क्लब अध्यक्ष मोहम्मद जुमाल अलिले नगर प्रमुख छायाराम खानाललाई सो रकम हस्तान्तरण गरेका हुन ।

‘अहिले लकडाउनले विपन्न र मजदुरहरुलाई समस्या परेको छ, यो दुखको घडीमा हामी पनि स्थानीय सरकारसंग सहकार्य गर्न चाहान्छौ’ अध्यक्ष अलिले भने ‘अहिले अभियानबाट ६० हजार उठाएर नगरपालिका मार्फत विपन्नलाई सहयोग गरेका छौ, पछि पनि यो अभियानलाई निरन्तरता दिने योजनामा छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार