
म्याग्दी । म्याग्दीमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन्।
मालिका गाउँपालिका–२ रुमको तामेङमा गएराती घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो।
घरमा सुतिरहेको अवस्थामा बस्तीमाथिबाट खसेको पहिरोमा पुरिएका गोठे विकका छोरा राजन र नवीन विकको शव फेला परेको स्थानीयवासीले जनाइएको छ।
गोठे र उनकी श्रीमती गोरी विक घाइते अवस्थामा उद्धार गरिएको छ।
घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन्।
खोजी र उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ।


