
गोरखा। राष्टिूय विभूति अमरसिँह थापाको २०६ औँ जन्मजयन्ती गोरखामा बिविध कार्यक्रम गरी मनाइएको छ ।

अमरसिंह नगर पर्यटन समितिको आयोजनामा सोमवार सिरानचोक गाउँपालिका ६ गाँखुमा कार्यक्रम भएको हो ।
सोही कार्यक्रममा राष्टिूय विभूति अमरसिंह थापा र उनका पिता उमराव बाघ भीमसिंह थापाको पनि शालिक पनि अनावरण गरिएको हो । कार्यक्रममा सहभागीहरुले थापाको योगदानको बारेमा चर्चा गरेका थिए ।
पालिकाकबाट विनियोजित बजेटबाट अमरसिंह पार्क निर्माण गरिएको हो । गोरखा अमरसिंह नगर पर्यटन समितिका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता तथा गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भएको थियाे ।
कार्यक्रममा पालिका उपप्रमुख रिता देवकोटा, वडा नं ६ का वडा अध्यक्ष प्रेम वस्ती, निवर्तमान वडा अध्यक्ष नारायणबाबु दानी, गोरखा अमरसिंह नगर पयटन कार्य समितिका वरिष्ठ उपाध्यक्ष खम बहादुर राना, सन्सरी मावि विद्यालयको तफ रामकाजी श्रेष्ठ लगायत राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।


