• शुक्रबार, भाद्र २६ २०८३

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


मंगलबार, साउन १७ २०७९
740
Shares

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

यस सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि गएराति ११ बजेदेखि नै आवागमन पूर्णरुपमा ठप्प भएको हो।

भरतपुर महानगरपालिका–२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ।

पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ।

यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–१० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ। त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार