
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ पत्रमा इन्धनको भाउ घटेको छ।

कर्पोरेसनले निगमलाई सोमबार पठाएको नयाँ मूल्य सूचीमा इन्धनको मूल्य पुन: घटेर आएको हो।
आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
यसअघिको पत्रमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर मूल्य पठाएको थियो ।
तर निगमले घाटा कायमै रहेको भन्दै बिक्री मूल्यमा कुनै फेरबदल गरेन।


