• सोमबार, कार्तिक १० २०८३

भारतबाट पुन: इन्धनको मूल्य घटेर आयो


सोमबार, साउन १६ २०७९
815
Shares

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ पत्रमा इन्धनको भाउ घटेको छ।

कर्पोरेसनले निगमलाई सोमबार पठाएको नयाँ मूल्य सूचीमा इन्धनको मूल्य पुन: घटेर आएको हो।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

यसअघिको पत्रमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर मूल्य पठाएको थियो ।

तर निगमले घाटा कायमै रहेको भन्दै बिक्री मूल्यमा कुनै फेरबदल गरेन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार