
गोरखा । रोटेरी क्लव अफ गोरखा र रोट्रर्याक क्लब अफ गोरखाले गोरखा अस्पताललाई ह्विल चियर प्रदान गरेको छ ।

सोमबार क्लबले अस्पताललाई ४ वटा ह्विल चियर प्रदान गरेको रोट्रर्याक क्लबका अध्यक्ष निरन्जन कट्टेलले बताए ।
अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने कट्टेलले बताए ।
रोटेरी क्लब अफ गोरखाका पुर्ब अध्यक्षले गोरखा अस्पतालका प्रमुख हरी कुमार श्रेष्ठलाई ह्विल चियर प्रदान गरेको छ ।
रोटेरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण ढकाल, अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ लगायतको समेत उपस्थिती रहेको थियो ।


