• आइतबार, भाद्र २१ २०८३

एकैदिन थपिए ८९५ कोरोना संक्रमित, एकको मृत्यु


सोमबार, साउन १६ २०७९
825
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २६४ जना संक्रमित निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार