• मंगलबार, साउन १२ २०८३

फेरि फैलदै गोरखामा कोरोना, सक्रिय संक्रमितको संख्या २३ पुग्यो


सोमबार, साउन १६ २०७९
790
Shares

गोरखा । गोरखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार सोमबार ६ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार १६ जनाको पिसिआर परिक्षणमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकाका ५ जना पुरुष र गोरखा अस्पतालाम एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

गोरखामा कोरोना संक्रिय सक्रमतिको संख्या २३ पुगेको छ । गोरखा नगरपालिकामा ९ जना, पालुङटार नगरपालिका ६ जना र भिमसेनथापा गाउँपालिकामा १ जना, शहिदलखन गाउँपालिकामा ५ जना, सिरानचोक गाउँपालिकामा १ जना, आरुघाट गाउँपालिकामा १ जनामा कोरोनाको संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार