• सोमबार, कार्तिक २४ २०८३

काभ्रेस्थली घटनाः श्रीमती र छोरा–छोरीको हत्या गरेपछि दिनेशले आत्महत्या गरेको आशंका


सोमबार, साउन १६ २०७९
670
Shares

गाेरखा । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनाको अनुसन्धान जारी छ ।

घटनाको अनुसन्धानमा काठमाडौं प्रहरीसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय छ । प्रहरीले घरमुली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर गरेर आत्महत्या गरेको अनुमान गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा पाण्डे परिवारका चारजनाको शव फेला परेको थियो । घटनास्थलमा रहेका एक प्रहरी अधिकारीका अनुसार दिनेशकी श्रीमती सुनीता पाण्डे, ११ वर्षीय छोरा आशिक र सात वर्षीया छोरी आशिकाको शव एउटा कोठामा भेटिएको हो भने दिनेशको शव भने अर्को कोठामा भेटिएको छ ।

घटनामा भान्साको चक्कु प्रयोग भएको छ । ढोकामा भित्रबाट चुकुल लगाएकाले परिवारभित्रबाटै घटना भएको प्रारम्भीक अनुमान छ ।

पाण्डे परिवारले काभ्रेस्थलीमा सञ्चालन गर्दै आएको पसल केही समयअघि बेचेको खुलेको छ । प्रहरीलाई छिमेकीले श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध नभएको जानकारी गराएको एक अधिकारीले बताए । घटनास्थलमा चिकित्सकको टोली पनि छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार