गोरखा । कोरोना भाइरसको त्रास दिनप्रतिदिन फैलिदै छ ।
विश्वब्यापी महामारीको रुप लिएको यस भाइरसको हालसम्म औषधी तथा भ्याक्सिन पत्ता लागेको छैन ।
यसबिचमा हाल यस कोरोना भाइरसलाई परास्त गर्न भन्दै केहिदिनअघि भारतमा दियो बालियो । त्यसको प्रभाव नेपालमा समेत परेको थियो ।
कोरोना भाइरसको रोकथामका लागि बैज्ञानीकहरु समेत असफल भइरहेका बेला हाल विश्वमा धार्मिक आस्थाप्रति नागरिकको मोह र विश्वास बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
बिभिन्न देशमा ‘गो कोरोना गो’ भन्दै प्राथना गर्नेको संख्या पनि बढेको छ ।
यस्तै कोरोना भाइरसबाट बच्न र बचाउन भन्दै गोरखामा समेत ९ सुते ९ हजार बत्ति बालिएको छ । गोरखा नगरपालिका ८ आँमडाँडाँका ४ महिलाले मंगलबार बेलुका ९ हजार बत्ति बालेका हुन ।
आमडाँडाँका स्थानीय चोकमाया राना, चिनीमाया कुवँर, निर्मला कुवँर र पम्फा कुवँरले सबैको सुस्वास्थ्यको कामना गर्दै ९ हजार बत्ति बालेको वडाध्यक्ष कृष्णबहादुर खत्रीले सिभिलखबरलाई बताए ।
हाल कोभिड १९ को संत्रास र संक्रमण बढेको भन्दै उनिहरुले शान्तीको कामना गर्दै बत्ति बालेको उनको भनाई छ ।