
गाेरखा । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा गोरखा घर भएका एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।
हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ ।



गोरखा भीमसेन गाउँपालिका–६ अश्राङ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।
उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


