• शुक्रबार, भाद्र २६ २०८३

ताप्लेमा सडक भाँसिदा गोरखा-आरुघाट मार्ग अवरुद्ध


सोमबार, साउन १६ २०७९
645
Shares

गोरखा । गोरखा नगरपालिका २ ताप्लेमा सडक भाँसिदा गोरखा-आरुघाट मार्ग अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएकोले सवारी साधन संचालन हुन नसकेकाे वडा अध्यक्ष रहमतुल्ला मियाँले बताए ।

शनिवार सडक भत्किएपछि जेसिभी लगाएर सडक बनाइएको थियो, आईतवार रातीको पानीले फेरी सडक अवरुद्ध भएको वडा अध्यक्ष मियाँले बताए । अवरुद्ध सडक खुलाउने तयारी भईरहेको उनले बताए ।

गोरखादेखि आरुघाट, घ्याम्पेशाल, बोर्लाङ लगायत ठाउँमा जाने यात्रु तथा मालबहाक सवारी साधन अवरुद्ध भएको हो ।

यस अघि पनि पहिरो बगिरहने उक्त ठाउँमा सडक भासिएकोले सडक माथिको बस्ती समेत जोखिममा परेको वडा अध्यक्ष मियाँले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार