• शुक्रबार, भाद्र २६ २०८३

गोरखामा सजाय तोकिएका ५ जना फरार अभियुक्त पक्राउ


सोमबार, साउन १६ २०७९
1.4K
Shares

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

गोरखा। कैद र जरिवाना तोकिई फरार रहेका ५ अभियुक्तहरुलाई गोरखा प्रहरीले पक्राउ परेको छ ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

जिल्ला अदालत गोरखाले सार्वजनिक अपराध मुद्दामा १ जना, वन सम्बन्धी मुद्दामा १ जना र लागू औषध मुद्दामा ३ जना गरी ५ अभियुक्तलाई पक्राउ गरेको हो ।

आईतवार उनिहरुलाई ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट पक्राउ गरेर प्रहरीले जिल्ला अदालत गोरखामा उपस्थित गराएको डिएसपी लिलाराज लामिछानेले बताए ।

जिल्ला अदालत गोरखामा पठाईएकोमा सार्वजनिक अपराध मुद्दाका १ , वन सम्बन्धी मुद्दा १ र लागू औषध मुद्दा २ फरार अभियुक्तहरुलाई जरिवाना वापतको ११ हजार ५ सय २६ रुपैया दाखिला गरी अदालतबाट रिहा गरीएको डिएसपी लामिछानेले बताए ।

लागू औषध मुद्दाका फरार अभियुक्त पालुङटार नगरपालिका वडा नं.६ को २५ बर्षिय मनोज श्रेष्ठलाई जिल्ला अदालत बाट कारागार पठाईएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार