• शनिबार, साउन ९ २०८३

गोरखा नगरपालिका मार्फत असहायलाई एन्फाले दियो खाद्धान्न


बुधबार, चैत्र २६ २०७६
1.3K
Shares

गोरखा । गोरखा जिल्ला फुटबल संघ (एन्फा) ले गोरखा नगरपालिकालाई खाद्धान्न सहयोग गरेको छ ।

लकडाउनका समयमा दैनिक मजदुरी गर्ने नागरिकको जनजिवन प्रभावित बनेको भन्दै एन्फाले गोरखा नगरपालिका मार्फत अत्यावस्यक खाद्धान्न सामाग्री सहयोग गरेको हो ।

‘अहिले लकडाउनले विपन्न र मजदुरहरुलाई समस्या परेको छ, यो दुखको घडीमा हामी पनि स्थानीय सरकारसंग सहकार्य गर्न चाहान्छौ’ एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सिभिलखबरसंग भने ‘धेरै नसकेपनि अहिले जति सक्यौ त्यति सहयोग गरेका छौ, आगामी दिनमा पनि गर्ने सोच छ ।’

अध्यक्ष श्रेष्ठले १३ बोरा चामल र ५० केजी दाल नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।

सामाग्री बुझ्दै नगरप्रमुख पन्तले नगरपालिकाले ल्याएको राहत प्याकेजमा बिभिन्न संघसंस्थाले दिएको सहयोगको सहि सदुपयोग हुने बताए ।

यसअघि एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने निर्णय गरेको नगरपालिकाले हाल १४ वटै वडामा विपन्न र असहायको तथ्यांक संकलन भइरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार