• मंगलबार, साउन १२ २०८३

थप ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु


आइतबार, साउन १५ २०७९
600
Shares

देशभर थप ६२० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ । त्यस्तै, थप २५ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार