
गोरखा । आरुघाट गाउँपालिकाले खादा प्रयोगमा बन्देज लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।

साउन १० गतेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र हुने सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।
आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटद्वारा जारी सूचनामा आगामी दिनमा सोहीअनुसार गर्न–गराउन उल्लेख गरिएको छ ।
सार्वजनिक कार्यक्रममा र स्वागत सत्कारमा खादा लगाउने प्रचलन बढ्दै गएपछि आरुघाट गाउँपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।



