• शनिबार, भाद्र २७ २०८३

कतारी रियाल एकको खरिदमा आज ३४ रुपैयाँ ३७ पैसा पाइने, बिक्रीदर कति?


आइतबार, साउन १५ २०७९
520
Shares

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आइतबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ २४ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ १० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४३ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ४७ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ४३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३७ रुपैयाँ १५ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार