• शुक्रबार, भाद्र २६ २०८३

गोरखा चेम्बरको अध्यक्षमा पुनः श्रेष्ठ, ओमन चेम्बर अध्यक्षमा अधिकारी


आइतबार, साउन १५ २०७९
885
Shares

गाेरखा । चेम्बर अफ कर्मश गोरखाको अध्यक्षमा पुनः भाईचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सनिबार जिल्ला सदरमुकाममा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः उनी अध्यक्षमा चुनीएका हुन् ।

ओमन टिमको अध्यक्षमा भने ज्ञानु अधिकारी चयन भएकी छिन् । अधिबेसनले दुई वटै समिति सर्बसम्मत चयन गरेकाे हाे । अधिवेशनबाट चेम्बर अफ कर्मश गोरखाको अध्यक्ष सहित २३ जना सदस्य सर्वसम्मत चयन गरिएको छ ।

समितिको सदस्यहरुमा विनोदबाबु अर्याल, अरविन्द कुमार गुप्ता, सूर्यमाया श्रेष्ठ, सीता श्रेष्ठ, ज्ञानु अधिकारी अर्याल, प्रताप ढकाल, सीता कुँवर, सुजन गर्तौला, कविता अर्याल, रामशरण कोइराला, विष्णुबहादुर राना, रामस्वरुप श्रेष्ठ, कृष्ण प्रसाद लामिछाने, सुमेन्द्र श्रेष्ठ, शिशुबाबु प्रधान, शिव कुमार श्रेष्ठ, सुनिता घलान, सुस्मिता घले, आश कुमारी गुरुङ, सीता गुरुङ, विशाल राना, कमल नारायण श्रेष्ठ, अशोक बाबु राना चेम्बरका सदस्यमा सर्वसम्मत भएका हुन् ।

उनीहरुबाट नै आज(आइतबार) पदाधिकारीको चयन हुने गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।

त्यस्तै, नेपाल ओमेन चेम्बर गोरखाको अध्यक्ष सहित नौ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा पूर्णकुमारी प्रधान शाही, सचिवमा सूर्यमाया श्रेष्ठ, सह–कोषाध्यक्षमा शर्मिला वाग्ले, सहसचिवमा गोमा पोखरेल चयन भएका छन् ।

सदस्यहरुमा सानुमाया खड्का, सरस्वती पोखरेल, गिता मल्ल र नैना सिंखडा चयन भएको चेम्बर अफ गोरखाले जनाएको छ ।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिका उप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार