• शुक्रबार, भाद्र २६ २०८३

एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने (सूचनासहित)


आइतबार, साउन १५ २०७९
805
Shares

एसईईको ग्रेडवृद्धिका लागि भदौ ११ र १२ गते परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले आज आइतबार एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन्।

बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ। तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले भदौको ११ र १२ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

माध्यमिक शिक्षा परीक्षा एसईईमा १ दशमलव ६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार