• शुक्रबार, भाद्र २६ २०८३

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु


आइतबार, साउन १५ २०७९
745
Shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो।

कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए।

पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए।

पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ।

यस्तै, शनिबार नै कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन्।

पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार