• शनिबार, भाद्र २७ २०८३

आज साउन १५, खिर खाएर मनाइँदै


आइतबार, साउन १५ २०७९
1.7K
Shares

आज साउनको १५ गते । खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ।

एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ।

वर्षा सुरु भएदेखि नैं खेतीपातीमा व्यस्त हुने किसानहरुलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ।

चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार