• आइतबार, भाद्र २१ २०८३

५७७ जना कोरोना संक्रमित थपिए, २६९ जना निको भए


शुक्रबार, साउन १३ २०७९
710
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ५७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५७७ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार २८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ४७४ जनाको पिसिआर र एक हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४३५६ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ।

२६९ जना संक्रमित निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार