• शनिबार, साउन ९ २०८३

कोरोना सुरक्षा : शहिद लखनमा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिइ र माक्स


मंगलबार, चैत्र २५ २०७६
1.3K
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिइ र एन ९५ माक्स वितरण गरेको छ ।

कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका ९ वटै स्वास्थ्य चौकी र एम्बुलेन्स चालकहरुलाई सुरक्षाका साधन पिपिई र माक्स दिएको अध्यक्ष रमेशबाबु थापाले बताए ।

गाउँपालिकाले ३२ जना स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई एक एक थान पिपिइ र २/२ थान एन ९५ माक्स दिइएको बताइएको छ ।

त्यस्तै गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा आबश्यक मात्रामा सेनिटाइजर, सर्जिकल मास्क र एक्जामिनेशन ग्लोभ्सको समेत ब्यवस्था गरिएको अध्यक्ष थापाले सिभिलखबरलाई जानकारी दिए ।

यसैगरी गाउँपालिकाभित्रका सबै वडाका गरी ५४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेनिटाइजर, सर्जिकल मास्क, पञ्जा र साबुन उपलब्ध गराइएको छ ।

गाउँपालिकाले चैत २५ गतेदेखि गाउँपालिकामा स्वदेश तथा विदेशबाट भित्रिने सबैलाई १४ दिन अनिबार्य मास क्वोनटाइनमा बस्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताए ।

त्यस्तै गाउँपालिकाले कोरोना रोकथामका लागि बिभिन्न संघसंस्था तथा सरकारी निकायबाट प्राप्त सहयोगको विवरण समेत सार्वजानिक गरेको छ ।

जुन यस प्रकार छ ।
१) गण्डकी प्रदेश सरकारबाट ५ लाख अनुदान
२) साधना लघुबित्त तथा वित्तिय संस्थाबाट ५० हजार
३) टुगेदर फर नेपाल काठमाण्डौले पिपिई २१ थान, सर्जिकल मास्क ९०० थान, सेनिटाइजर ४५० मिलि, एक्जामिनेशन ग्लोभ्स ९५० जोर, वाटर फिल्टर ३ थान, सुज कभर १०० थान
४) यूएनडिपीबाट सेनिटाइजर ५०मिलि, सर्जिकल मास्क ३०० थान, एक्जामिनेशन ग्लोभ्स ५० जोर
५) नामजुङ्ग सेवा समाजबाट पिपिई ४ थान

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार