• शनिबार, भाद्र २७ २०८३

तनहुँमा भेटिए डेंगुका ७ बिरामी


शुक्रबार, साउन १३ २०७९
690
Shares

तनहुँ । तनहुँमा सात जना डेङ्गुका बिरामी भेटिएका छन्।

सदरमुकामस्थित दमौली अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये सात जना डेङ्गुका बिरामी भेटिएका हुन्।

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालले जनाएको छ।

दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका बताइएको छ।

अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन्।

बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको जनाइएको छ।

एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन्।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ। झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन्।]

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार