
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिहीबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँ बढेर ९५ हजार ६०० मा कारोबार भइहरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि बेढेको छ । हिजो एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ बढेर तोलामा एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।


