
गाेरखा। नारायणी नदिमा खसेर गोरखाका एक पुरूष बेपत्ता भएका छन् ।
बिहीबार दिउसो भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्कमा रहेको चौतारा सरसफाई गर्ने क्रममा गोरखाका रमेश खनाल चिप्लिएर नदिमा खसेका हुन् ।
आरूघाट गाँउपालिकाका ४५ बर्षिय खनाल लामो समयदेखि भरतपुर महानगरपालिका २ को क्षेत्रपुर बस्दै आएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका खनालको खोजीको लागि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरिक्षक सहितको विपत्त उद्धार टोलि परिचालन गरिएको छ ।
घटना भए लगत्तै स्थानिय र प्रहरीले खोजी ब्यापाक पारेको भएता पनि शुक्रबार बिहानसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ ।


