• शनिबार, भाद्र २७ २०८३

देशभर आज कहा कस्तो रहन्छ मौसम ?


शुक्रबार, साउन १३ २०७९
625
Shares

देशभर बदली रही आज शुक्रबार धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position) को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान  (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार