• शनिबार, साउन ९ २०८३

गोरखा युथ क्लबले दियो नगरपालिकालाई खाद्धान्न


मंगलबार, चैत्र २५ २०७६
1.3K
Shares

गोरखा । गोरखा युथ क्लबले गोरखा नगरपालिकालाई खाद्धान्न सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण २ सातादेखि लकडाउनभएपछि मजदुर तथा श्रमजीविको दैनिक समस्यामा परेको भन्दै नगरपालिका मार्फत क्लबले खाद्धान्न सहयोग गरेको हो ।

नगरक्षेत्रका मजदुर तथा असहायलाई सहयोग गर्न भन्दै क्लबले गोरखा नगरपालिकालाई ५ सय केजी नुन र आधा लिटरको ३ सय पोका तेल सहयोग गरिएको सल्लाहकार भगवानबाबु मास्केले बताए ।

सामाग्री क्लबका अध्यक्ष सुमन गुरुङले नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन । नगरपालिकाले यसअघि नै लकडाउन राहात एकद्धार प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार