• शनिबार, भाद्र २७ २०८३

नेपाल आउँदै गोविन्दा


बिहिबार, साउन १२ २०७९
875
Shares

नेपाली टेलिभिजन ‘शो’को गेस्ट जुरीका रुपमा बलिउड स्टार गोविन्दा नेपाल आउने भएका छन्। नृत्यमा आधारित ‘सुपर डान्सर नेपाल’मा गेस्ट जुरीका रुपमा गोविन्दा नेपाल आउने भएका हुन्। 

भदौमा हुने ‘सुपर डान्सर नेपाल’को ग्रान्ड प्रिमियरमा उनी नेपाल आउन पक्का भएको हो। ४–१४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने ‘सुपर डान्सर नेपाल’मा भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई निर्णायकका रुपमा रहने भएका छन्। 

यो ‘शो’लाई भूषण दाहालले निर्देशन गर्दै छन्। देशव्यापी अडिसन सकिएको शोको मेगा अडिसन चाँडै सुरु हुने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार