• शनिबार, साउन ९ २०८३

शबे बरात पर्व घरमै मनाउन मुस्लिम आयोगको अपिल


मंगलबार, चैत्र २५ २०७६
2K
Shares

गोरखा । सबै बरात पर्व घरमै मनाउन मुस्लिम आयोगले आह्वान गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी सरकारले घोषणा गरेको लकडाउनको पालना गरी शवे बरातका दिन मस्जिद र कबरस्तानमा नजान मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुस्लिम समुदायलाई आयोगले आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘कोरोना भाइरसको आपदले देशभर लकडाउन रहेकाले यो पर्व मस्जिद तथा कबरस्तानमा नगई घरमै बसेर इबादत गर्दै मनाउन हार्दिक अपिल गरिन्छ ।’

मुस्लिम समुदायले यस पर्व रमजान महिनाको पूर्व सन्ध्यामा मनाउने गर्छन । यस पर्वका दिन मस्जिदमा गई कुरान तिलावत गर्ने, मिलाद पढ्ने, इबादत गर्ने साथै आफ्ना पितृहरुको शान्तिका लागि कबरस्तानमा गई दुवा गर्ने प्रचलन छ ।

तर यस बर्ष भने लकडाउनका कारण पर्व प्रभावित बन्ने निश्चित रहेको मुस्लिम अगुवाहरु बताउछन् ।

बैशाख दोस्रो हप्तादेखि मुस्लिम समुदायको एक महिने रमजानको रोजा (वर्त) पनि सुरु हुदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार