• शनिबार, भाद्र २७ २०८३

क्युएए प्राप्त गरेको खुसीयालीमा द्रव्य शाहद्धारा `सेलिब्रेसन´


बिहिबार, साउन १२ २०७९
1.3K
Shares

गाेरखा । द्रब्यशाह बहुमखि क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेसँगै सरोकारवालाहरु उत्साहित भएका छन् ।

जिल्लाको पहिलो सामुदायिक क्याम्पसले अन्र्तराष्टिय स्तरको मान्यता पाएको भन्दै प्राध्यपाक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र जिल्लाका सरोकारवालाहरुले खुसी व्यक्ति गरेका छन् । बुधबार विहान सदरमुकामको ठूलो आँगनदेखि हरमटारीसम्म बाजागाजा, विभिन्न प्लेकार्ड सहित प्रभातफेरि गरिएको थियो ।

This image has an empty alt attribute; its file name is 295480688_376850664402077_2340922651300237676_n.jpg

क्याम्पसका शिक्षक, विद्यार्थी, सञ्चालक समिति, शिक्षाप्रेमीहरु सो ¥यालीमा सहभागी थिए ।बाजा गाजा सहित नाचगानी गरी खुसायाली मनाउँदै उक्त ¥यालीले बजार परिक्रमामा गरेको थियो । त्यसपछि क्याम्पस प्राङगडमा एक कार्यक्रम गरी शुभकामना अदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरले द्रब्यशाह बहुमुखीले जिल्लाको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको बताए ।गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेसँगै विश्वभरका अन्य क्याम्पस सरह मान्यता पाउने भएको छ । २०४२ सालमा स्थापना भएको क्याम्पसले ३८ वर्ष पछि क्याम्पसले क्यूएए पाएको हो ।

क्याम्पस संचालक समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, पूर्व नगरप्रमुख राजनराज पन्त, क्याम्पस प्रमुख रामचन्द्र दुवाडी, क्याम्पसका शिक्षक कुशललाल श्रेष्ठ, महालक्ष्मी माविका प्रअ चुडामणि काप्री, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, क्याम्पसका नेविसंघ इकाइका शरण श्रेष्ठ, स्ववियूका शिवहरि तिमिल्सिना, अखिल क्रान्तिकारीका अनिश अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पसले १ सय २० सूचकहरु पुरा गरि क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए । क्याम्पसको भौतिक सुबिधा, अनुसन्धानमुखी शिक्षण सिकाइ कृयाकलाप, नतिजाको स्तर, अतिरिक्त कृयाकलाप, पाठ्यक्रम, प्राध्यापकहरुको अनुसन्धानात्मक कार्य लगायत गरी १ सय २० सुचकहरुको मुल्यांकन गरी विश्व विद्यालय अनुदान आयोग क्यूएएको प्रमाणपत्र दिएको हो ।

क्यूएए प्राप्त गरेसँगै अब सो क्याम्पसमा अध्ययन गर्ने विधार्थीको स्तर अन्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुरुपको मानिने क्याम्पसले जनाएको छ । त्यस्तै क्यूएए प्राप्त गरेका क्याम्पसका विधार्थी विश्वको जुनसुकै विश्वविधालयमा पनि अध्ययनका लागि र हरेक क्षेत्रमा रोजगारीका लागि समेत प्राथमिकतामा पर्ने क्याम्पस प्रमुख दुवाडीको भनाई छ ।

२०४२ सालमा स्थापना भएको द्रब्यशाह बहुमुखी क्याम्पस गोरखा नगरपालिका वडा नम्बर ९ को लक्ष्मीबजारमा ४५ रोपनी जग्गामा फैलिएको छ । स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानवीकी साथै स्नातकोत्तर तहमा ब्यवस्थापन र मानवीकी संकाय अध्यापन गराइरहेको क्याम्पसमा हाल ७ सय ३४ जना विद्यार्थी अध्ययनरत छन् ।

This image has an empty alt attribute; its file name is dmc.jpg
This image has an empty alt attribute; its file name is 295504841_1059039248315846_4146728279563677950_n.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार