• शनिबार, साउन ९ २०८३

सुरक्षा परिचालनका लागि गण्डकी प्रदेशमा डेढ कराेड बजेट


मंगलबार, चैत्र २५ २०७६
1.2K
Shares

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि १ करोड ४५ लाख बजेट निकासा गर्ने भएको छ ।

प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय गरेको सो सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

बैठकले गण्डकीका मनाङ र मुस्ताङलाई ५ लाखका दरले र गोरखा सहित अन्य ९ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार