• शनिबार, भाद्र २७ २०८३

रेडक्रस गोरखाद्धारा बुङकोटमा आत्महत्या रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम


बिहिबार, साउन १२ २०७९
1.2K
Shares

गोरखा। नेपाल रेडक्रस सोसाईटी गोरखाले बुङकोटमा आत्महत्या रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बिहिबार सहिदलखन गाउपालिका वडा न ८ को रामेश्वरी मा बिको सभाहलमा स्थानी सरोकारवालाहरुका लागी विपद ब्यबस्थापन, मनोसामाजिक परामर्श तथा आत्महत्या रोकथाम र लैङिक समाहेशिकरण सबन्धि अभिमुखीकरण कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाको आयोजना र नेपाल रेडक्रस सोसाईटी बुङकोट उप-शाखाको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय,गोरखाका प्रहरी उपरीक्षक केदार खनाल आत्महत्या रोकथाम र लैङिक समाबेशिकरण सम्बन्धि प्रशिक्षण दिएका थिए ।

जिल्ला प्रशाशन कार्यलय गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपद ब्यबस्थापन सम्बन्धि प्रशिक्षण दिएका थिए । नेपाल रेडक्रस सोसाईटी शाखा गोरखा सदस्य नारायण बोहोराले मनोसामाजिक परामर्श सम्बन्धि प्रशिक्षण दिएका थिए ।

नेपाल रेडक्रस सोसाईटी बुङ्गकोट उपशाखाका सभापति श्री ईन्द्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाऊपालीकाका अध्यक्ष रमेश बाबु थापा मगरको प्रमुख अतिथयता रहेकाे थियाे ।

कार्यक्रममा गोरखा नगरपालीकाका उम-प्रमुख मसलीमाया थोकर(सपना पुन) ,सहिद लखन ७ का वडाध्यक्ष शरण श्रेष्ठ, सहिद लखन ८ का वडाध्यक्ष बासुदेव ढकाल, बिशेष अतिथी जिल्ला प्रशाशन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुशान्धन गोरखा प्रमुख सुदिप अधिकारी, नेपाल रेडक्रस सोसाईटी गोरखाका मन्त्री भिमसेन काजि बानियाँ, नेपाल रेडक्रस सोसाईटी शाखा गोरखाका अध्यक्ष यदु बिलाश भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटी बुङ्गकोट उपशाखाका सचिब राजेश श्रष्ठले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार