• शनिबार, भाद्र २७ २०८३

गण्डकीमा एसईईमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७८४


बिहिबार, साउन १२ २०७९
2.3K
Shares

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ ।

त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए ल्याउने ७०८७ रहेको बोर्डले जानकारी दिएको छ ।

प्रदेशभर एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी भएका थिए ।

प्रदेशका ११ वटै जिल्लाबाट १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी थिए ।

देशभर पाँच लाख १४ हजार पाँच सय ७७ जना विद्यार्थी एसईई परिक्षामा सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार