
सल्यान । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा खसेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेत रहेका छन्।
मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेर बेपत्ता भएका थिए।
उनको तालभित्र अन्दाजी ५० मिटर तल बुधबार शव फेला परेको सल्यान प्रहरीले जनाएको छ।