• शनिबार, भाद्र २७ २०८३

गोरखाकाे ओल्ड क्यापिटलकी मनिकाले ल्याइन् एसईईमा ‘४ जिपिए’, देशभरबाट जम्मा ४२ जना


बिहिबार, साउन १२ २०७९
2.5K
Shares

गोरखा । गोरखा सदरमुकामको द ओल्ड क्यापिटल माध्यामिक विधालयकी मनिका सिर्मलले एसईईमा चार जिपिए प्राप्त गरेकी छिन् ।

गोरखा नगरपालिका वडा नम्बर ८ को रानीवनमा सञ्चालित सो विधालयमा अध्ययन गरेकी सिर्मलले हिजो बुधबार राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको २०७८ को एसईई परिक्षाको नतिजामा ४ जिपिए प्राप्त गरेकी हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार गत बर्ष गोरखाबाट एसईई परिक्षा दिने ४ हजार ९ सय ५ जनामध्ये ओल्ड क्यापिटलकी सिर्मलले मात्रै ४ जिपिए प्राप्त गरेको बताइएको छ ।

देशरबाट यस बर्ष सिर्मलसहित ४२ जनाले मात्रै ४ जिपिए ल्याएकाे परिक्षा बाेर्डले जनाएकाे छ । २०७८ को एसइईमा कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये २२ हजार ६ सय ४० अनुपस्थित भएको बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार