
गोरखा। कैद र जरिवाना तोकिई फरार रहेका ७ अभियुक्तहरुलाई गोरखा प्रहरीले पक्राउ परेको छ ।

जिल्ला अदालत गोरखाले जुवा मुद्दामा जरिवाना तोकिई फरार रहेका ५ जना र कुटपिट अंगभंग मुद्दाका २ जना अभियुक्तलाई पक्राउ गरेको हो ।
बुधबार उनिहरुलाई ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट पक्राउ गरेर प्रहरीले जिल्ला अदालत गोरखामा उपस्थित गराएको डिएसपी लिलाराज लामिछानेले बताए ।
कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्त २ महिना ३ दिन कैद तोकिई फरार रहेका अभियुक्तहरु पालुङटार नगरपालिका वडा नं ३ का ३२ बर्षिय शम्भु बयलकोटी र स्वही ठाउका २५ बर्षिय डिल्लीराम नेपाली रहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
उनिहरुलाई जिल्ला अदालत बाट कारागार पठाईएको डिएसपी लामिछानेले बताए । जुवा मुद्दाका ५ अभियुक्तहरुलाई तोकिएको जरिवाना वापतको रकम दाखिल गरी सम्मानित अदालतबाट रिहा भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


