काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण वैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा १२ र २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको हो ।
बोर्डले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढेको असहज परिस्थितिका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।