
गोरखा । मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रेका १ हजार ६ सय गाँजाका बोट प्रहरीले फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखा एबम मातहतका प्रहरी इकाईबाट खटिएका प्रहरीको टोलीले स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी गाँजाको बोट नष्ट गरिएको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिकाको वडा नं ५ स्थित रोहटेपानी, चिल्ड्रेन पार्क लगायतका स्थानहरुमा प्राकृतिक रुपमा उम्रेका १ हजार ६सय गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराम लामिछानेले जानकारी दिए ।
हाल सम्म ५३ हजार ८ सय ७८ गाँजाका बोटहरु फडानी गरेको डिएसपी लामिछानेले जानकारी दिए ।
लागू औषध नियन्त्रण अभियान अन्तरर्गत मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रीएका गाँजाको बोटलाई मानिसहरुले संरक्षण गरी लागू औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता कार्य गर्न सक्ने भन्दै प्रहरीले गाँजाको बोट नष्ट गरेको उनले बताए । प्रहरीले गाँजा फडानी गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको उनले बताए ।


