• शनिबार, भाद्र २७ २०८३

एसईईका विद्यार्थीलाई टेलिकमको नि:शुल्क सिम, ३ हजार एमबी डेटा


बुधबार, साउन ११ २०७९
680
Shares

काठमाण्डाै। नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको  निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने पुरानै सिममा विभिन्न अफरहरु उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । एसईईका विद्यार्थीले  नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १ सय एमबी डेटा प्रयोग गर्न सकिने छ ।

यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डेटा, ३ सय मिनेट टकटाइम र ३ सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ ।

यस प्याकमा  ५० रुपैयाँ र ५० भन्दा धेरैको रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार