कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा सरकारले नाै हजारभन्दा बढी नागरिकलाई निगरानीमा राखेको छ।
कोरोना संक्रमण पुष्टि भएका ९ जनासँग सम्पर्क गरेका व्यक्ति, विदेशबाट आएका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका गरी ९ हजार २ सय ८० जनालाई सरकारले शंकाको घेरामा राखेको हो।
दैनिक लाइभ कार्यक्रममार्फत कोरोनासम्बन्धी अपडेट प्रस्तुत गर्ने क्रममा साेमबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यकाभित्र १२ र बाहिर ९५ गरी कोरोना आशंकित १०७ जना आइसोलेसनमा रहेकाे जानकारी दिए।
यसैगरी देशभर ९ हजार १ सय ६८ जनालाई क्वारेन्टिनमा राखिएको उनले बताए।