• शनिबार, भाद्र २७ २०८३

मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदा गाेरखामा एक पुरुष घाईते


बुधबार, साउन ११ २०७९
760
Shares

गोरखा। गोरखामा कुखुरा बोक्ने मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदां मोटरसाईकलमा सवार एक पुरुष गम्भिर घाईते भएको छ।

गोरखा बजारतर्फ आउँदै गरेको ध १ प २०७८ पल्सर मोटरसाईकललाई ग १ क ४९२० को कुखुरा बोक्ने मिनिट्रकले गोरखा नगरपालिका ९ कट्टेलचोकमा ठक्कर दिएको हो ।

दुर्घटनामा घाइतेहुनेमा भिमसेन थापा गाउँपालिका ६ अश्राङ घर भएका भवबहादुर थापा मगर घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछाने बताए ।

घाईतेको गोरखा अस्पतालमा समन्य उपचारपछि थप उपचारकालागि चितवन मेडिकल कलेज रिफर गरिएको छ । तिब्र गतीमा आएको ट्रकले गलत दिशा लिँदा मोटरसाईकललाई ठक्कर दिएको लामिछाने बताए ।

घाईतेको गोरखा अस्पतालमा समन्य उपचारपछि थप उपचारकालागि चितवन मेडिकल कलेज रिफर गरिएको छ । घाईते मगर शसस्त्र प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार