
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेकाे संख्या ९६ हजार ३३ भएकाे बाेर्डले जनाएकाे छ ।
गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

मेसेज गरेर नतिजा हेर्ने तरिका
एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।
त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।


