राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।
हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं ।
नतिजा सार्वजनिक भएपछि अनलाइनबाट हेर्न केही समय लाग्छ । त्यसका लागि नतिजा आउनेबित्तिकै एसएमएसबाट हेर्न सकिन्छ ।

मेसेज गरेर नतिजा हेर्ने तरिका
एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।
त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।
त्यसैगरी इजी सर्भिस प्रा.लिमार्फत एसएमएसमा नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३४९४९ मा एसएमएम पठाउनुहाेस् ।
त्यस्तै आकाश टेक प्रालिमार्फत एसएमएसमा एसईई नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३१००३ मा एसएमएस पठाउन सकिनेछ ।
एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ । यदि सम्पूर्ण विषयको ग्रेड थाहा पाउनु छ भने अनलाइनबाट हेर्नुपर्ने हुन्छ ।
अनलाइनबाट नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यलयले नौ ओटा साइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।
त्यसपछि तल उल्लेखित साइटबाट हेर्न सक्नुहुन्छ ।