• मंगलबार, साउन १२ २०८३

थपिए ६३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३७१४ पुग्यो


मंगलबार, साउन १० २०७९
640
Shares

कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार