• शनिबार, भाद्र २७ २०८३

चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी


मंगलबार, साउन १० २०७९
1.1K
Shares

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन्।

मन्त्रिपरिषदको सोमबार बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

सरकारले बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीबाट केसीलाई नियुक्त गरेको उनले बताए।

गत असार पहिलो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त पेस गर्न आह्वान गरेको थियो।

केसी गत वैशाखमा कांग्रेस प्रवेश गरेका थिए। उनले कला क्षेत्रमा थप योगदान पुर्‍याउने उद्देश्यले कांग्रेसमा प्रवेश गरेको बताएका थिए।

‘म एउटा कलाकार हुँ। मैले यही क्षेत्रमा काम गरेको ४० वर्ष भइसक्यो। तर नेपाली फिल्म क्षेत्रले खासै सफलता नपाउँदा सधैं चिन्तित हुन्थेँ। त्यसैले नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रवेश गरेको हुँ। कांगेसका नेताहरूले नेपाली कला क्षेत्रलाई अगाडि बढाउने विश्वास दिलाउनुभएको छ,’ उनले त्यो बेला सेतोपाटीसँग भनेका थिए।

२०७० सालमा उनी एमालेमा सक्रिय थिए। स्थानीय चुनावको घोषणा भएसँगै उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारमा उठाउन लागेको घोषणा गरेको थियो। त्यसपछि उनले आफूले त्यो पार्टीबाट मेयरमा नउठ्ने बताएका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार