• शनिबार, भाद्र २७ २०८३

कति पुग्यो कतारी रियाल र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


मंगलबार, साउन १० २०७९
1.4K
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। 

मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ७ पैसा र बिक्रीमा १३० रुपैयाँ ६९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५८ पैसा र बिक्रीमा २८ रुपैयाँ ७१ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३९ रुपैयाँ २३ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार