• शनिबार, भाद्र २७ २०८३

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


मंगलबार, साउन १० २०७९
615
Shares

नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार