• शनिबार, भाद्र २७ २०८३

भदौदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न नपाइने (सूचनासहित)


मंगलबार, साउन १० २०७९
675
Shares

सरकारले प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा फेरि कडाइ गर्ने भएको छ। 

वातावरण विभागले सूचना जारी गरी आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको हो। 

त्यसो त सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन तथा प्रयोग गर्न बन्देज लगाएको थियो। तर कोरोना महामारीका बेला अनुगमन फितलो हुँदा फेरि प्लास्टिकका झोला उत्पादन र प्रयोग बढेको विभागले जनाएको छ। 

विभागका अनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदी प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको छ। 

अब भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गरिए वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने वातावरण विभागले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार